अमेरिकाको क्यालिफोर्निया जंगलमा भीषण आगलागी

२०७२ श्रावण २० गते, बुधबार

काठमाडौं, २० साउन । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा भीषण आगलागी भएको छ । आगलागीबाट जंगल नजिक रहेका २० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । राज्य सरकारले हजारौं नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न सचेत गराएको छ । क्यालिफोर्निया जंगलको २० वटा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएकालाई सर्वसाधारणलाई सचेत तुल्याइएको हो । यता सयौं अग्नी नियन्त्रक आगो नियन्त्रणका लागि जुटेका छन् । आगलागीका कारण हरारौं हेक्टरको जंंगल नष्ट भएको छ । आगो २ सय ३३ बर्ग किलोमिटर सम्म फैलिएको बताइन्छ । सुख्खा मौसमका कारण आगलागी भएको बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]