डुंगा डुब्दा २५ मारिए, सयौ बेपत्ता

२०७२ श्रावण २१ गते, बिहीबार

काठमाडौँ, २१ साउन । लिबियाबाट भूमध्यसागरतर्फ शरणार्थी लिएर जाँदै गरेको एउटा डुंगा पल्टँदा २५ बढी मारिएको आशंका गरिएको छ। इटलीका तट रक्षक र संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार डुंगामा सवार सय बढीलाई सकुशल बचाइएको छ। अहिलेसम्म २५ जनाको शव निकालिएको छ। डुंगामा करिब ६ सय बढी यात्रु सवार रहेको अनुमान गरिएको छ।
सन् २०१५ मा भूमध्यसागर पार गरेर युरोप छिर्ने कोशिसमा २ हजार बढी शरणार्थीको ज्यान गइसकेको छ। डुबेको डुंगामा सवार यात्रुको उद्धार र खोजीका लागि चार डुंगा र तीन हेलिकोप्टर परिचालन गरिएको बताइएको छ। शरणार्थीसम्बन्धी मामिला हेर्ने अन्तर्राष्ट्रिय संगठनका प्रवक्ताका अनुसार करिब १ सय शरणार्थीलाई समुद्रबाट निकालिएको छ।

प्रतिक्रियाहरु

[anycomment]