राष्ट्रसंघकाे महासचिवमा महिला ल्याउन अभियन्ताहरूको माग

२०७२ श्रावण २१ गते, बिहीबार

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासचिव पदमा अव महिला हुनुपर्ने आवाज विश्वव्यापी रुपमा उठ्न थालेको छ। उनीहरूले अवकोपालोमा महिला महासचिव नियुक्त गर्न संयुक्त रुपमा राष्ट्रसंघलाई दवाव दिइरहेको अल जजीराले जनाएको छ। संयुक्त राष्ट्रसंघले लैंगिक समानता र समान सहभागिताका लागि आवाज अठाँउदै आएपनि यसको स्थापनाकालदेखि महासचिव पदमा कुनै पनि महिला आएका छैनन्। वर्तमान महासचिव वान कि मूनको कार्यकाल सन् २०१६ मा सकिँदैछ। २००७ जनवरी १ देखि वान की मुनले कार्यभार सम्हालेका थिए। उनको पहिलो कार्यकाल सन् २०११ डिसेम्बरमा सकिएको थियो। उनी दोस्रो पटक संयुक्त राष्ट्रसंघको महासचिवमा नियुक्त भएका हुन्।
सन् १९४६ देखि हालसम्म वानसहित ८ जना पुरुषले संयुक्त राष्ट्रसंघको महासचिव पद सम्महालेका छन्। जर्मन चान्सलर ऐन्जीला मर्केल , लाईबेरीयाकी एलेन जोनसन सर्लिफ र चिलिकी माईकेल वचालेट जस्ता महिलाले संसारमा आफ्नो योग्यता पर्याप्त रुपमा स्थापित गरिसकेकाले उनीहरू यो पदमा आउन योग्य भएको यले विश्वविद्यालयकी जीन क्रास्नोले बताइन्। उनी भन्छिन् —’८ जना पुरुष महासचिव भए, अव महिला हुने पालो हो।’ विश्वको आधा भन्दा बढी जनसंख्या रहेको महिलाले अहिलेसम्म त्यो पदमा प्रतिनिधित्व गर्न नपाएको उनको भनाइ छ।
संयुक्त राष्ट्रसंघको वडापत्रले लैङि्गक समानता र महिला अधिकारको सम्मान गर्न आव्हान गरेको छ, तर, अहिलेसम्म महासचिव पदमा पुरुषमात्रै आएका छन्। त्यसैले संयुक्त राष्ट्रसंघले आफ्नो वडापत्रलाई कार्यान्वयन गरी अब महिलालाई महासचिव पदमा ल्याउनुपर्ने अभियन्ताहरूको माग छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]