संसदमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि …
काठमाडौं,१५ भदौ । युक्रेनमा सरकारबिरुद्ध भएको प्रदर्शनका क्रममा एक प्रहरी अधिकृतको मृत्यु भएको छ । राजधानी केभस्थित संसद् भवन घेर्न प्रदर्शनकारीहरुको ठूलो समूह अघि बढेपछि प्रहरीसँग झडप भएको हो ।
युक्रेनको संसद्मा रुससँग जोडिएका राज्यलाई स्वायत्तता दिने विषयमा बहस चलिरहेको संकेत पाएका प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको हो । प्रहरीले प्रदर्शनकारीका तर्फबाट ग्रिनेडसमेत प्रहार भएको जनाएको छ । झडपमा केही प्रहरी घाइते भएका छन् । प्रहरीले भने प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रु ग्यासमात्र प्रयोग गरिएको जनाएको छ ।
यता रुससमर्थक विद्रोहीको नियन्त्रणमा रहेका दुई राज्य दोनेत्सक र लोहान्सलाई स्वायत्तता दिने विषयमा भएको बहसमा ४५० सांसदमध्ये २६५ सांसदले समर्थन गरेका छन् । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले विरोध प्रदर्शनलाई ‘पिठ्युँमा छुरा हान्ने कार्य’ भनेका छन् । – एजेन्सी