कार र्यालीमा दुर्घटना, छ जनाको मृत्यु
काठमाडौं, २० भदौ । स्पेनको उत्तर पश्चिमी गालिसिया क्षेत्रमा आयोजित कार र्यालीमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका १६ मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । तीब्र गतिको कार अनियन्त्रित भई दर्शक माझ ठोक्किन पुगेपछि दुर्घटना भएको थियो । – एजेन्सी