क्रोएसिया र हंगेरीबीच मनमुटाव
काठमाडौं, ३ असोज । आप्रबासीको विषयमा क्रोएसिया र हंगेरीबीच मनमुटाव देखिएको छ । हंगेरीले आप्रबासीलाई प्रवेश नदिएका कारण हजारौं आप्रवासी क्रोएसिया प्रवेश गरेपछि आप्रबासीलाई हंगेरीले पनि स्थान दिनुपर्ने क्रोएसियाले जनाएको छ । क्रोएसियाली प्रधानमन्त्री जोरान मिलानोबिकले हंगेरीले सीमा बन्द गरी आप्रवासीको बिचल्ली बनाएको आरोप लगाए ।
हंगेरीले भने क्रोएसियाले दर्तौ नगरी अनधिकृत रुपमा आप्राबासी राखेको आरोप लगाएको छ । क्रोएसियामा दुई दिन यता मात्र २० हजार आप्रबासी प्रवेश गरेका छन् ।आफनो देशमा ठाउँ नभएको भन्दै हजारौं आप्रबासीलाई क्रोएसियाले हंगेरी फर्काएकोमा हंगेरीले भने अष्ट्रियातर्फ पठाएको छ । युरोप प्रवेश गर्ने क्रममा यो महिना मात्रै हजारौं हजार आप्रबासी युरोपका विभिन्न मुलुक प्रवेश गरिसकेका छन् । – एजेन्सी