अफगानी सेनाको कारबाहीमा सयभन्दा बढी आइएसका लडाकुको मृत्यु
काठमाडौं, ११ असोज । अफगानिस्तानको सेनाले दुई दिनभित्र १ सय ३० जनाभन्दा बढी आतंकवादी समूह इस्लामिक स्टेट आइएसका लडाकु मारिएको दाबी गरेको छ । सेनाले आइतबार मात्रै भएको संघर्षमा ८५ जना आइएसका लडाकु मारिएको जनाएको छ । नांगरहार प्रान्तमा आइएसले गरेको आक्रमणका क्रममा जवाफी कारबाही गर्दा आतंकवादीको मृत्यु भएको हो ।
सेना र आतंकवादीबीच भएको संघर्षमा केही सुरक्षाकर्मीको समेत मृत्यु भएको बताइएको छ । आइएसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । – एजेन्सी