हंगेरीद्वारा क्रोएसियासँगको सीमा नाका बन्द

२०७२ आश्विन ३० गते, शनिबार

काठमाडौं, ३० असोज । हंगेरीले क्रोएसियासँगको आफ्नो सीमा नाका बन्द गरेको छ । आप्रवासीहरुको गैरकानूनी प्रवेश रोक्नका लागि क्रोएसियासँगको सीमा नाका बन्द गरिएको हंगेरीका सरकारी अधिकारीले बताएका छन् । मध्यपूर्व लगात द्वन्द्वग्रस्त देशका विस्थापित नागरिक गैरकानूनी रुपमा हंगेरी हुँदै पश्चिम युरोपका देश प्रवेश गर्न थालेपछि हंगेरीले क्रोएसियासँगको सीमा नाका बन्द गरेको हो । हंगेरीले सीमा बन्द गरेपछि अब आफ्नो देशमा प्रवेश गरेका आप्रवासीलाई स्लोभेनिया तर्फ पठाउन सुरु गर्ने क्रोएसियाले जनाएको छ । धेरै आप्रवासी हंगेरीको बाटो हुँदै अस्ट्रिया र जर्मनी जाने गरेका छन् । हंगेरीले सर्बियासँगको सीमा यसअघि नै बन्द गरेको थियो । आप्रवासीलाई रोक्न सीमा क्षेत्रमा सैनिक पठाउने आफ्नो प्रस्तावमा युरोपियन युनियन (इयु) सहमत नभएपछि हंगेरीले सीमा नाका बन्द गरेको हो । सीमा नाका बन्द गर्नु उत्तम विकल्प नभएपनि बाध्य भएर सीमा बन्द गर्नु परेका हंगेरीका अधिकारीले बताएका छन् ।
यसैबीच इयु र टर्कीबीच आप्रवासी समस्या समाधानका लागि भिसा नियम केही खुकुलो बनाउने सहमति भएको छ । तर टर्कीले भने सहमतिले अन्तिम रुपमा पाउन बाँकी रहेको जनाएको छ । इयुका नेता टर्कीका लागि भिसा नियम खुकुलो बनाउन सहमति भएको र टर्कीलाई इयुमा सामेल गर्ने विषयमा पनि छलफल सुरु भएको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]