आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस

२०७२ कार्तिक ७ गते, शनिबार

काठमाडौं,७ कार्तिक । सन् १९४५ को अक्टोबर २४ मा औपचारिक रुपमा स्थापना भएको संयुक्त राष्ट्रसंघले ७० वर्ष पुरा गरेको छ । राष्ट्रसंघ स्थापना भएको दिनको सम्झनामा आज विश्वभर संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाईंदै छ । राष्ट्रसंघ स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रसंघ महासचिव बान कि मुनले विश्वबाट गरिबी हटाउनका लागि एकता र सामुहिक पलहमा जोड दिनुभएको छ । अहिले भैरहेका प्रयासलाई अझै प्रभावकारी बनाउन सकियो भने अहिलेको पुस्ताकै समयमा विश्वबाट गरिबी हटेर जाने महासचिव मुनको भनाई छ । गएको ७० वर्षदेखि संयुक्त राष्ट्रसंघले विश्वमा शान्ति, समाजिक सुरक्षा र प्रगति तथा स्वतन्त्रतासहितको उच्च जीवन स्तरको पक्षमा काम गर्दै आएको छ । संयुक्त राष्ट्रसंघ विश्वका सबै मुलक र सबै नागरिकलाई भएको महासचिव मुनले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रसंघ सबैका लागि भएपनि यसुले विशेष गरी यसले गरिब, समस्यामा परेका तथा सीमान्तकृत नागरिकको पक्षमा काम गर्ने मुनको भनाई छ ।
राष्ट्रसंघ गरिबी, भोकमरी तथा महामारीजन्य रोग विरुद्ध लडिरहेको छ । यस्तै विश्वबाट भ्रष्टाचार, अन्याय र दण्डहिना विरुद्ध लडिरहेको महासचिव मुनको भनाई छ ।
राष्ट्रसंघमा अहिले विश्वका एक सय ९३ सदस्य राष्ट्र छन् भने दुई मुलुक परिवेक्षक सदस्य छन् । नेपाल संयुक्त राष्ट्रसंघमा सदस्यता पाएको ६० वर्ष भएको छ । नेपालले सन् १९५५ को डिसेम्बर १४ मा राष्ट्रसंघको सदस्यता पाएको थियो ।
राष्ट्रसंघले मानवअधिकार, आर्थिक विकास र मानविय सहयाता तथा विश्वमा शान्ति, सुरक्षा र स्थायित्व स्थापनाको पक्षमा काम गर्दै आएको छ । संयुक्त राष्ट्रसंघ लिग अफ नेशन्सको परिवर्तिन रुप हो ।
पहिलो विश्व युद्धको अन्त्यसँगै विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यले स्थापित लिग अफ नेशन्स पहिलो अन्तर्राष्ट्रिय संगठन थियो । दोस्रो विश्व युद्धपछि यस्तै खालका द्धन्द्ध भविष्यमा नहुन् भन्ने हेतुले विश्व शान्तिको पक्षमा काम गर्दै सन् १९४५ मा लिग अफ नेशन्सलाई संयुक्त राष्ट्रसंघको रुपमा पुनर्संरचना गरिएको थियो ।
राष्ट्रसंघको घोषणापत्रमा सन् १९४५ को जुन २६ का दिन हस्ताक्षर भएको थियो । यो घोषणापत्र अक्टोबर २४ देखि कार्यान्वयनमा गएको थियो । घोषणापत्र कार्यान्वयन भएको दिनलाई नै राष्ट्रसंघको स्थपना दिवसको रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]