पाकिस्तान–अफगानीस्तानको सीमा क्षेत्रमा ७.७ रेक्टरको भूकम्प

२०७२ कार्तिक ९ गते, सोमबार

काठमाडौं, ९ कात्तिक। पाकिस्तान–अफगानीस्तानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ अनुसन्धानले सुरुमा भूकम्प ७.७ रेक्टर स्केलको भने पनि पछि सच्याउँदै ७.५ भएको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु राजधानी काबुलबाट २ सय ६५ किलोमिटर उत्तर पूर्वमा पर्छ । भूकम्पको झड्का भारत, पाकिस्तानका साथै नेपालमा समेत महसुस भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा मेट्रो रेल रोकिएको छ भने जम्मु कश्मिरमा टेलिफोनले काम गर्न छाडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पको झड्का केन्द्रबिन्दुबाट झण्डै २२ सय किलोमिटर टाढाको युएईमा पनि महसुस भएको छ । भूकम्पका कारण पाकिस्तानमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा सन् २००५ अक्टोबर ८ का दिन गएको ७.६ रेक्टर स्केलको भूकम्पमा परी ७५ हजारको ज्यान गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]