सिरियाबारेको वार्तामा इरानलाई निम्त्याउने सम्भावना

२०७२ कार्तिक ११ गते, बुधबार

काठमाडौं, ११ कार्तिक । सिरियाका बारेमा अमेरिका र रुसबीच भइरहेको वार्तामा इरानलाई पनि आमन्त्रण गरिने सम्भावना बढेको छ । आगामी बिहीबार अष्ट्रियाको राजधानी भियनामा सुरु हुने बैठकमा इरानको सहभागिता जरुरी रहेको भन्दै अमेरिका र रुसले यस्तो निर्णय गरेको जनाइएको छ ।
यद्यपी इरानले बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे केही बोलेको छैन । सिरियाका राष्ट्रपति बसर अल असदको निकट मानिने इरानले गृहयुद्धका बीचमा असद सरकारलाई अरबौं अमेरिकी डलर रकम सहयोग गरेको खुलासा भइसकेको छ ।
उक्त सहयोग सिरिया सरकारले हतियार, इन्धन र सैन्य सहयोगका लागि खर्च गरेको छ । बैठकमा अमेरिका र रुसका अलावा युरोपियन युनियन र अरब राष्ट्रका प्रतिनिधिहरु पनि सहभागी हुँदैछन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]