उड्न लागेको जहाजमा आगो लाग्यो, १५ जना घाइते

२०७२ कार्तिक १३ गते, शुक्रबार

काठमाडौं, कार्तिक १३ । अमेरिकाको हलिउड इन्टनेसनल एयरपोर्टबाट भेनेजुएलाका लागि उडान भर्न लागेको डाइनामिक एयरलाइन्सको बोइङ ७६७ को बायाँ इन्जिनमा इन्धन चुहिएपछि आगलागी भएको छ ।सो जहाजमा आगो लाग्दा १५ जना घाइते भएका छन् । आगलागीपछि विमानमा रहेका यात्रुहरुलाई सकुसल बाहिर निकालिएको थियो । चालक दलका सदस्यहरुले सावधानीपूर्वक जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]