रुसी विमान आकाशमै टुक्रिएको खुलासा
काठमाडौं, १६ कार्तिक । रुसका एक अनुसन्धानकर्ताले इजिप्टमा दुर्घटनाग्रस्त रुसी विमान आकाशमै टुक्रिएको बताएका छन् । रुसी अन्तर्राष्ट्रिय उड्ययन कमिटीका भिक्टर सोरोचेले पत्रकार सम्मेलन गरी विमानका टुक्रा लगभग २० किलोमिटर टाढासम्म छरिएको भेटिएकाले विमान आकाशमै टुक्रिएको दाबी गरेका हुन् । इजिप्टको साइनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त रुसी विमानमा सवार २ सय २४ जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलबाट हालसम्म १ सय ६३ जनाको शव निकालिएको छ । रसियन एयरलाइन्सको ए–थ्री ट्वान्टी वान एअरवसको दुर्घटनाग्रस्त विमानका दुई वटै ब्ल्याक बक्स फेला परिसकेका छन् ।
इजिप्टका प्रधानमन्त्री इस्माइलले विमान आईएसले खसालेको दाबी अस्वीकार गर्दै प्राविधिक कारणले दूर्घटना भएको हुन सक्ने प्रवल सम्भावना देखिएको बर्ता । ३१ हजार फिटको उचाईमा रहेको विमानलाई जमिनबाट मिलायलले खसाल्न नसक्ने सुरक्षा विज्ञहरुले जनाएका छन् । यसअघि सामाजिक सञ्जालमा आइएसले विमान खसालेको प्रचार भएको थियो । दूर्घटना हुनु केही मिनेट अघि पायलटले आपतकालीन अवस्थामा बिमान रहेको भन्दै अवतरणका लागि अनुमति मागको जानकारी गराएको इजिप्टका पारवहन मन्त्रीले जानकारी दिएका छन् । विमानका रुसी सहचालकको पत्नीले आफ्ना पतिले विमान उडाउनु अघि विमानको प्राविधिक अवस्थाबारे गुनासो गरेको बताएकी छन् । विमान दूर्घटनाबारे थप जानकारी नआएसम्म एअर फ्रान्स, लुफ्थान्सा र इमिरेट्स विमान सेवाले साइनाई प्रायद्विप भएर विमान नउडाउने जनाएका छन् । – एजेन्सी