मोदीको क्षेत्रमा भाजपाको लज्जास्पद हार
काठमाडौं, १७ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित भएको छ । वाराणसीको ४८ जिल्लाको स्थानीय पञ्चायत निर्वाचनमा मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थानमा मात्रै जितेका छन् । यस्तै गृहमन्त्री राजनाथ सिंहको लखनउ क्षेत्रका २८ स्थानमा पनि भाजपाले चार स्थानमा मात्रै जितेको छ । मोदीको लोकप्रियताको कसीको रुपमा समेत हेरिएको यस निर्वाचनमा भाजपाको हारले विधानसभा निर्वाचन समेत मोदीको प्रतिकुल हुन सक्ने आंकलन भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् । – एजेन्सी