चीनले मानवअधिकार हनन गर्यो : एमनेस्टी इन्टरनेशनल
काठमाडौं, २७ कात्तिक । मानवअधिकारका लागि काम गर्ने संस्था एमनेस्टी इन्टरनेशनलले चीनमाथि मानवअधिकार हनन गरेको गम्भीर आरोप लगाएको छ । एम्नेष्टिको नयाँ प्रतिवेदन अनुसार चीनले अपराध स्वीकार गर्न आरोपीलाई यातना दिने गरेको पाइएको छ । झण्डै ४० जना वकिलसँग गरिएको अन्तर्वार्तापछि चीनले अपराध स्वीकार गराउन यातना दिने गरेको कुरा खुलासा भएको एम्नेष्टिले जनाएको छ ।
चीनमा अपराध स्वीकार गराउन कुटपिट गर्ने, भोकै राख्ने तथा अरु कष्टकर सजाँय दिने गरेको पाइएको छ । यस्तै आरोपीलाई पुलिसले ६ महिनासम्म परिवार तथा वकिललाई पनि भेट्न नदिएर सोधपुछ गर्ने गरेको पाइएको छ ।
चीनले एम्नेष्टीको आरोपलाई अहिलेसम्म खण्डन गरेको छैन । तर चीनका अधिकारीले भने यातना दिने प्रक्रिया हटाउन पहल भैरहेको बताएका छन् । – एजेन्सी