फ्रान्समा रेल दुर्घटना , १० जनाको मृत्यु

२०७२ कार्तिक २९ गते, आईतवार

काठमाडौ, २९ कात्तिक । फ्रान्समा पीडामाथि पीडा थपिएको छ , आतंकवादी आक्रमणको निशानामा परेको फ्रान्सको पूर्वी क्षेत्रमा रेल दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ । तीब्र गतीवाला टीजीभी रेल पूर्वी फ्रान्सको स्ट्रासबर्ग शहरनजिक दुर्घटनाग्रस्त हुँदा अरु ११ जना घाइते भएका छन् ।
भर्खरै निर्माण सम्पन्न रेलवे लाइनमा परीक्षण सञ्चालनका लागि ४९ जना प्राविधिक बोकेको रेलले लीक छाडेर दुर्घटना भई नजिकैको नहरमा खसेको थियो ।
सरकारले भने आउँदो वर्षदेखि स्ट्रासबर्गबाट राजधानी पेरिससम्म सीधा रेल सेवा सञ्चालन गर्न तयारी गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]