आईएसविरुद्ध हवाई आक्रमण सुरु

२०७२ कार्तिक ३० गते, सोमबार

काठमाडौं, ३० कार्तिक । फ्रान्सले इस्लामिक अतिवादी संगठन आईएसविरुद्ध हवाई आक्रमण तीब्र पारेको छ । फ्रान्सले आईएसले आफ्नो देशको राजधानीमै आक्रमण गरेपछि हवाई आक्रमण सुरु गरेको हो । सेनाका लडाकु विमानले सिरियामा आईएसको गढ मानिएको रक्का शहरमा हवाई आक्रमण गरेको हो ।
एक सय २९ जना मारिने गरी आईएसले पेरिसमा आक्रमण गरेपछि फ्रान्सले आईएसविरुद्ध गरेको यो ठूलो कारवाही हो ।
हवाई आक्रमणमा फ्रान्सका १० वटा लडाकु विमान प्रयोग गरिएको फ्रान्सेली रक्षा मन्त्रालयले जनाएको छ । आईएसका विभिन्न अखडा लक्षित आक्रमणमा एउटा कमाण्ड सेन्टर, गोलाबारुद राख्ने एउटा डिपो तथा लडाकु शिविरमा आक्रमण गरिएको फ्रान्सेली सेनाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]