आइएसद्वारा दुईजना बन्धकको हत्या

२०७२ मंसिर ३ गते, बिहीबार

काठमाडौं, ३ मंसिर । इस्लामिक विद्रोही संगठन आइएसले फिरौती नपाएको भन्दै दुई जना बन्धकको हत्या गरेको छ । अपहरण गरेर बन्धक बनाइएका एक चिनियाँ र एक जना नर्वेका नागरिकको हत्या गरेको दाबी आईएसले गरेको छ । चीन र नर्वेको सरकारले फिरौती नदिएकाले उनीहरुको हत्या गरेको आइएसले जनाएको छ । तर यो घटनाको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइएसले भने प्रमाणका रुपमा दुई वटा तस्वीर सार्वजनिक गरेको छ । एउटा तस्वीरमा दुवै जनालाई जिवित देखाइएको छ भने अर्को तस्वीरमा दुवै जनाको शव देखाइएको छ । तस्वीरमा देखिएअनुसार उनीहरुलाई गोली हानेर हत्या गरेको जस्तो देखिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]