अमेरिकाको कोलोराडोमा गोली हानाहान

२०७२ मंसिर १२ गते, शनिबार

काठमाडौं, १२ मंसिर । अमेरिकाको कोलोराडोमा गोली हानाहान हुँदा ११ जना घाइते भएका छन् । जसमा पाँच जना सुरक्षाकर्मी रहेका छन् । परिवार नियोजन क्लिनिक रहेको स्थानबाट आक्रमणकारीले प्रहरीमाथि गोली चलाएको बताइएको छ । आक्रमणकारीलाई प्रहरीले पक्रेको छ । आक्रमणकारी लुकेको उक्त क्लिनिकले गर्भपात गराउने गरेकामा आलोचना पनि हुने गरेको थियो । आक्रमणको उद्देश्य के थियो भन्ने अझै खुलेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]