बलात्कारपछि जिउँदै जलाइयो
काठमाडाै,१८ मंसिर । भारतको छत्तीसगढमा एक महिलालाई बलात्कारपछि जिउँदै जलाइएको छ । छत्तीसगढको भिलाईमा मिठाई पसलमा कार्यरत महिलालाई बलात्कारपछि जलाईएको हो । रातको समयमा कामका लागि कसैको फोन आएपछि घरबाट बाहिरिएकी महिलाको बलात्कारपछि हत्या गरिएको सुरक्षाकर्मीले जनाएका छन् । बलात्कारपछि जिउँदै जलाईएकी महिलालाई छत्तीसगढको तीन थाना क्षेत्रमा अचेत अवस्थामा फेला पारिएको थियो । – एजेन्सी