मुसलमानलाई अमेरीका पस्न दिनु हुदैनः डोनाल्ड

२०७२ मंसिर २२ गते, मंगलवार

काठमाडौ, २२ मंसिर । अमेरीकी राष्ट्रपति निर्वाचनका लागि रिपव्लिकन पार्टीका तर्फबाट उम्मेद्धार बनेका डोनाल्ड ट्रम्पले अमेरीकामा कुनै पनि मुसलमानलाई प्रवेश गर्न दिन नहुने बताएका छन् । कुनै पनि क्षेत्रबाट मुसलमानलाई अमेरीका छिर्न दिन नहुने तर्क उनले गरे पछि त्यसको चौतर्फी विरोध शुरु भएको छ । क्यालिफोर्नियामा १४ जनाको मृत्युको घटना पछि उनले यस्तो धारणा राखेका हुन् । उनले मुसलमानका कारण अमेरीका असुरक्षित हुने तर्क गरे पछि ह्वाईट हाउसले डोनाल्डको आलोचना गरेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]