तालिवान नेता मारिएको समाचारको खण्डन
काठमाडौँ, २२ मंसिर । अफगानिस्तानका तालिवान नेता मुल्ला अख्तर मन्सुर मारिएको समाचारको अफगान सरकारले खण्डन गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मुल्ला अख्तर मन्सुरको आवाजमा एक अडियो टेप आफूहरुलाई प्राप्त भएको जनाए ।
राष्ट्रपति घानीले मन्सुर मारिएको कुनै सबुत नभएको भन्दै गम्भीरताका साथ विश्लेषण गर्नुपर्ने बताए ।
तालिवानी नेता अख्तर मन्सुर मारिएको समाचार सार्वजनिक भएपछि तालिवानले एक अडियो टेप सार्वजनिक गरेको थियो । सार्वजनिक भएको टेपमा मन्सुरकै आवाजमा मुठभेडका दौरान आफू मारिएको भन्ने भ्रम फैलाइएको र यो झूठो रिपोर्ट भएको उल्लेख छ ।
उनको आवाजसहितको टेप र बिगतमा उनकै आवाजको टेपको विश्लेषण गर्दा मन्सुरकै आवाज प्रष्ट भएको राष्ट्रपति घानीको विश्वास छ । पछिल्लो समय पाकिस्तानको क्वेटा शहरमा भएको मुठभेडमा मन्सुर मारिएको भन्ने समाचार सार्वजनिक भएको थियो । – एजेन्सी