पाकिस्तानमा बम विष्फोट, २४ मारिए, ७७ जना घाइते
काठमाडौ, २८ मंसिर । पाकिस्तानमा भएको बम विष्फोटमा २५ जनाले ज्यान गुमाएका छन् । घटनामा ७७ जनाभन्दा बढी घाइते भएका छन् ।
पाकिस्तानको कुर्रम एजेन्सीस्थित एउटा भिडभाडयुक्त क्षेत्रमा भएको विष्फोटमा उनीहरुले ज्यान गुमाएका छन् । विष्फोट पाराचिनारस्थित एउटा कपडा बजारमा भएको पाकिस्तानी सेनाले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पाराचिनार अफगान सीमा नजिकैको क्षेत्र हो । यहाँ अधिकांश शिया समुदायको बसोबास छ । तर, यसका वरपरका क्षेत्रमा अन्य फरकफरक समुदायको बसोबास छ। यहाँ शिया र सुन्नी समुदायबीच शान्ति कायम गर्न असफल हुने गरेको छ।
कुर्रम उत्तरी बजिरिस्तान नजिकै पर्दछ । जहाँ डेढ वर्षदेखि तालिवान चरमपन्थी समुहरुविरुद्ध पाकिस्तानले सैनिक अभियान चलाइरहेको छ। यो अभियानका क्रममा धेरैपटक हिंसक घटनामा केही कमी आएको छ। – एजेन्सी