आतंकवाद विरुद्ध ३४ देशको गठबन्धन
काठमाडौं, २९ मंसिर । साउदी अरबले आतंकवाद विरुद्ध लड्नका लागि ३४ देशका सेना सम्मिलित इस्लामिक गठबन्धन बनाउने घोषणा गरेको छ । ३४ देशको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै गठबन्धन सेना बनाउने घोषणा गरेको साउदी अबरको सरकारी समाचार संस्था एसपिएले जनाएको छ ।
आतंकवाद विरुद्ध लड्नका लागि साउदी अरबको नेतृत्वमा गठबन्ध सेना बनाउने निर्णय भएको जारी वक्तव्यमा उल्लेख गरिएको छ । सैन्य कारवाहीलाई सहयोग तथा समन्वय गर्नका लागि रियादमा गठबन्ध सेनाको मुख्यालय बनाउने निर्णय पनि भएको छ ।
गठबन्धमा साउदी अरबसहित इजिप्त, कतार, युएई, टर्की, मलेसिया, पाकिस्तान र गल्फ अबर तथा अफ्रिकन देश छन् । विभिन्न नाम र बहानामा भइरहेका आतंकवादी आक्रमणबाट इस्लामिक देशलाई बचाउनका लागि गठबन्धन सेनाले काम गर्ने जनाइएको छ ।
गबन्धन सेनाले सिरिया, इराक, लिबिया, इजिप्ट तथा अफगानिस्तानमा भइरहेका आतंकवादी कारवाहीमा सहयोग गर्ने साउदी अरबका युवराज तथा रक्षा मन्त्री मोहम्मद विन सलमानले बताउनुभएको छ । अमेरिकाले आतंकवाद विरुद्ध गल्फ क्षेत्रमा गठबन्धन सेना बन्नु पर्ने बताउँदै आएको थियो । – एजेन्सी