सोमालियामा क्रिसमस मनाउन प्रतिबन्ध

२०७२ पुष ९ गते, बिहीबार

काठमाडौं, ९ पुस । सोमालिया सरकारले मुस्लिम आस्थामाथि खतरा पुग्ने भन्दै क्रिसमस समारोह मनाउन रोक लगाएको छ। सरकारले यसबाट देशको मुस्लिम आस्थामाथि खतरा पुग्ने भन्दै क्रिसमस पर्व नमनाउन चेतावनी दिएको हो ।
धार्मिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार यो पर्व ‘कुनै पनि प्रकारले इस्लामसँग जोडिएको छैन । सुरक्षाकर्मीलाई क्रिसमसमा गरिने कुनै पनि कार्यक्रममाथि निगरानी राख्न आदेश दिइएको छ।
यद्यपि पर्यटकहरुले आफ्नो घरमा पर्व मनाउन पाउने छने । तर, होटल र सार्वजनिक स्थलमा क्रिसमस मनाउन पाइने छैन ।
स्थानीय समाचारअनुसार सोमालियाले वर्षौसम्म गृहयुद्ध सामना गरेको छ। यसक्रममा कयौ सोमालियन विदेशमा पुगेका छन् । जसले स्वदेश फर्कदा पश्चिमी साँस्कृतिक कुरा लिएर आएका छन् । सरकारले यसलाई रोक्न यो कदम चालेको हो ।
सोमालियाले सन् २००९ मा शरिया कानुन अपनाएकबो थियो । त्यसपछि यहाँ ठुलोस्तरमा क्रिसमस मनाइँदैन । तैपनि अहिलेसम्म केही स्थानमा क्रिसमस पार्टी हुने गर्दथ्यो । अब तयसको सम्भावनासमेत अन्त्य भएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]