चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउन पाउने

२०७२ पुष १३ गते, सोमबार

काठमाडौं, १३ पुस । चिनियाँ संसदले चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउन पाउने कानुन पारित गरेको छ। यो कानुन पारित भएसँगै नयाँ वर्षको जनवरीबाटै चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउन पाउने छन् । यो वर्षको अक्टोबरमै सत्तारुढ कम्युनिष्ट पार्टीले यो परिवर्तनको घोषणा गरेको थियो । चीनले १९७० को दशकमा जनसंख्या वृद्धि रोक्नका लागि एक सन्तान नीति लागु गरेको थियो ।
संसदले घरेलु हिंसाविरोध देशको सबैभन्दा पहिलो कानुनलाई पनि अनुमति दिएको छ। चिनियाँ संचार माध्यमहरुका अनुसार नयाँ कानुनले औपचारिक रुपले परिवारको सदस्यद्वारा दिइने शारीरिक, मानसिक र अन्य क्षतिलाई अपराध मान्नेछ ।
यसका साथै चिनियाँ संसदले चरमपन्थीविरोधी कानुन पनि पारित गरेको छ। जसअन्तर्गत अब कम्पनीहरुले सम्वेदनशील जानकारी सरकारलाई दिनुपर्नेछ । यो कानुन पनि १ जनवरी २०१६ बाटै लागु हुनेछ । अमेरिकाले प्रविधि व्यवसाय र अभिव्यक्ति स्वतन्त्रताको कोणबाट यो कानुनप्रति चिन्ता व्यक्त गरेको छ। चिनियाँ अधिकारीहरुका अनुसार चरमपन्थी तिब्रताका साथ साइबर स्पेसतर्फ बढेकाले नयाँ कानुन आवश्यक ठानिएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]