उत्तर कोरियाका शीर्ष नेता गोनको कार दुर्घटनामा निधन

२०७२ पुष १५ गते, बुधबार

काठमाडौ, १५ पुस । उत्तर कोरियाका एक जना शीर्ष नेता किम याङ गोनको कार दुर्घटनामा निधन भएको छ । ७३ वर्र्षीय याङ गोन उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीका सचिव थिए ।
उत्तर कोरियाका शीर्ष नेता किम जोन उनका निकट सहयोगी मानिने किम याङ गोनले नै दक्षिण कोरियासँगको सम्बन्धको मध्यस्थता गरिरहेका थिए । दुई कोरियाबीच चिसिएको सम्बन्ध बिस्तारमा मुख्य भूमिका निर्वाह गर्दै आएका उनको निधनले उत्तर कोरियालाई ठूलो धक्का लागेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]