भारतीय वाणिज्य दुतावासमा आतंकवादी हमला

२०७२ पुष २० गते, सोमबार

काठमाडौ, २० पुस । अफगानिस्तानको मजार ए शरीफस्थित भारतीय वाणिज्यदूतको कार्यालयमा आतंकवादी हमला भएको छ । वाणिज्य दुतावासमा रहेका एक कर्मचारीले एएफपी समाचार एजेन्सीसँग भने, ‘हामीमाथि हमला भएको छ, लडाई चलिरहेको छ ।’ वाणिज्य दुतावास नजिकैको एक घरमा लुकेर हमलाकारीले आक्रमण गरेको जनाइएको छ । हमलामा अत्याधुनिक हतियारका अतिरिक्त विस्फोटक पदार्थसमेत प्रयोग गरिएको बताइन्छ ।
स्थानीय गभर्नरका प्रवक्ताले जनाएअनुसार हमलाकारी भारतीय वाणिज्य दुतावासमा प्रवेश गर्ने कोसिस गरेका थिए । आइतबार राति अबेर भएको सो हमलामा भएको मानवीय क्षतिको विवरण भने आएको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार दुतावासमा रहेका सबै कर्मचारी सकुशल छन् । सो हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]