पाकिस्तानमा बम विष्फोट, १४ जनाको मृत्यु

२०७२ पुष २९ गते, बुधबार

काठमाडौं, २९ पुस । पाकिस्तानको क्वेटामा भएको बम विष्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। पास्कितानी अधिकारीहरुका अनुसार अज्ञात समूहले गराएको बम विष्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार विष्फोटमा ज्यान गुमाउनेहरु अधिकांश सुरक्षा बलका जवान रहेका छन्।
पोलियोको भ्याक्सिन दिने केन्द्रमा परिचालन गरिएका सुरक्षार्की बम विष्फोटमा मारिएको बताइएको छ। पाकिस्तानमा पोलियो खोप लगाउने अभियानमा संलग्नमाथि लामो समयदेखि आक्रमण हुँदै आएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]