विश्वकै धनी बिल गेट्स बस्ने घरको रोचक तथ्यहरु

काठमाडौँ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स ७८ अर्ब ९० करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका सबैभन्दा धनी मानिस हुन् । दुनियाँकै सबैभन्दा धनी मानिसको घर बहुमुल्य हुने कुरामा शंकै रहेन । अमेरिकाको वासिंटनस्थित जानाडु टू नामक उनको घर साँच्चीकै भव्य तथा विचित्रको छ । यो घरका विषयमा केही रोचक तथ्य यस्ता छन्–
– यो घरको मूल्य अहिले १२ करोड ३५ लाख अमेरिकी डलर पर्दछ । उनले सन् १९९८ मा यो भवनलार्ई २० लाख डलरमा किनेका हुन् र यसको मर्मत गर्नका लागि ६ करोड ३० लाख डलर खर्च गरे । उनले यो घरवापत वर्षेनी १० लाख डलर सम्पत्ति कर तिर्दछन् ।
– बिल गेट्सको यो घर बनाउन प्रयोग गरिएका काठ ५ सय वर्ष पूरानो रुखबाट लिइएको हो । यो घर बनाउन ३ सय जना मजदुर लागेका थिए र ती मध्ये १ सय जना त इलेक्ट्रिसियन नै थिए ।
– गेट्सको घर अत्याधुनिक र वातानुकुलित छ । यो घरमा यस्तो हाइटेक सेन्सर सिस्टम छ की पाहुनाहरुले आफ्नो कोठाको तापक्रम तथा प्रकाश आफुले चाहेजस्तो गरी मिलाउन सक्छन् ।
– यो घर पूरै प्राकृतिक वातावरणमा छ र प्राकृतिक रुपमै यसको वातावरणले आसपासको तापक्रम प्रभावकारी रुपमा नियन्त्रण गर्दछ ।
– गेट्सको घरका भित्ता टचस्क्रिनयुक्त छन् । ८० हजार मूल्य बराबरका कम्प्युटर स्क्रिन भित्ताहरुमा राखिएको छ र मानिसहरुले भित्तामा आफुले चाहे अनुसारका पेन्टिंग तथा फोटोहरु एक क्लिकको भरमा बदल्न सक्छन् ।
– घर परिसरमा रहेको पोखरीको दृश्य निकै मनमोहक छ । पोखरीको पानीभित्रै म्युजिक सिस्टम रहेको छ ।
– घरभित्र २० फिट सिलिंग सहितको ट्रयाम्पोलाईन रुम रहेका छन् । व्यायामका लागि २५ सय वर्गफिट क्षेत्र छुट्टाइएको छ र त्यसमा साउना, स्टीम रुम तथा महिला र पुरुषका लागि छुट्टाछुट्टै लकर रुम पनि छन् ।
– घरभित्रको पाहुना हलमा डेढ सय जनाले एकसाथ बसेर खाना खान सक्छन् भने ककटेल पार्टीका लागि २ सय जनासम्म अट्छन् ।
– घरभित्र २४ वटा बाथरुम रहेका छन् ।
– घरभित्र ६ वटा किचेन समेत छन्
– २१ सय वर्गफुटमा फैलिएको पुस्तकालय छ,, जसमा लियोनार्दाेदा भिन्चीको पाण्डुलिपी समेत रहेको छ ।
– घरभित्रै नाट्यशाला छ र त्यसमा २० जना पाहुना अट्ने सिट छन्
– पुरानो भवनलार्ई हटाएर भिन्न भिन्न कार्यका लागि भिन्नभिन्न भवनहरु तयार पारिएको थियो
– गेट्सको आवास परिसरको गेस्ट हाउस १९ सय स्क्वाएर फुटमा फैलिएको छ । यसमा मुख्य आवासीय भवनको जस्तै उच्च प्रविधि प्रयोग गरिएको छ ।
– उनको आवास परिसरमा रहेको ग्यारेटजमा २३ वटा कार अट्दछन्
– आवास परिसरमा गेट्सलार्ई मन पर्ने विभिन्न रुखहरु छन् जसलार्ई उनले नियमित रुपमा विद्युतीय उपकरणबाट अनुगमन गर्छन् । यदि ती रुखमा पर्याप्त पानी नहालेर सुख्खा भएको देखेमा उनले स्वीच दबाउँदा बित्तिकै त्यहाँ स्वचालित रुपमा सिंचाइ हुन्छ ।
– आवास परिसरमा कृत्रिम खोला पनि छ जहाँ माछा पौडी रहेका हुन्छन्
– समुद्रीतटको आनन्द लिनका लागि आवास परिसर बाहिर थुप्रै बालुवा थुपारिएको छ । जुन क्यारेबियन सागरबाट ल्याइएको हो ।
– एकपटक एकजना माइक्रोसफ्टका कर्मचारीले ३५ हजार डलर रकम तिरेर गेट्सको यो आवासको भ्रमण गरेका थिए