पाकिस्तानमा युट्युबमाथिको प्रतिबन्ध हट्यो
काठमाडौं, ५ माघ । पाकिस्तानले युट्युबमाथिको प्रतिबन्ध हटाएको छ । इस्लामको अपमान गर्ने भिडियो अपलोड गरेको भन्दै पाकिस्तान सरकारले झन्डै तीन वर्षअघि युट्युबमाथि प्रतिबन्ध लगाएको थियो । युट्युब सञ्चालक गुगलले पाकिस्तानका लागि युट्युबको विशेष संस्करण सुरु गरेकाले प्रतिबन्ध कायम राख्नुको कुनै अर्थ नरहेको पाकिस्तानको टेलिकम नियमकले बताएका छन् ।
युट्युबले भने सरकारी अधिकारीले अपलोड भएका सामाग्रीमा नियन्त्रण गर्न सक्ने कुरा अस्वीकार गरेको छ । धेरै युवाले प्रतिबद्ध हटाउने निर्णयको स्वागत गरेका छन् । तर केही अधिकारकर्मीले भने गुगलसँग भएको सम्झौताको विस्तृत विवरण माग गरेका छन् । उनीहरुले पाकिस्तान सरकार र गुगलबीच युट्युबका विषय पारदर्शी हुनुपर्ने बताएका छन् । पाकिस्तान टेलिकम्युनिकेसन अथोरिटी पिटिएका अधिकारीले इन्टरनेट सेवा प्रदायकलाई युट्युबमाथिको प्रतिबन्ध खुला गर्न निर्देशन दिइएको बताएका छन् । – एजेन्सी