८६ वर्षीया बिरद्धद्वारा सात लाख अस्ट्रेलियन डलर दान
काठमाडौ । सर्भियाकी एक वृद्धा महिलाले आफ्नो श्रीमानबाट उत्तराधिकारका रुपमा प्राप्त गरिब सात लाख अस्ट्रेलियन डलर दान गरेकी छन् । ८६ वर्षीया मारिजा जेलाटिक पूर्वी सर्भियाको पहाडी क्षेत्रको एउटा माटोले बनेको घरमा एक्लै बस्छिन् । पाँच वर्षअघि उन आफूबाट अलग भएर अस्ट्रेलियामा बस्दै आएका श्रीमानको निधन भएको थाहा पाएकी थिइन् ।
सन् २०११ मा मारिजाले आफ्नो एक छिमेकीबाट यसबारेमा बुझ्न आग्रह गरिन् र गत वर्ष आफ्नो श्रीमानले आफ्ना लागि छाडेको रकमका बारेमा थाहा पाइन् ।
मारिजाले सर्भियामा बी–९२ वेभसाइटसँग भनिन्–मलाई धन चाहिएन, मेरा लागि ब्रेड, पानी र दाउरा नै काफी छ । जसबाट म चिसोयाममा तातो रहन सक्नेछु ।
उनले भनिन्–जहाँ म चाँडै जाँदैछु त्यहाँ मलाई धन आवश्यक छैन । त्यसैले मैले यो दान दिएँ । जसलाई मलाईभन्दा बढी यो रकमको आवश्यकता छ ।
मारिजाका अनुसार उनका श्रीमान मामसिलो सन् १९५६ मा पश्चिम अस्ट्रेलिया गएका थिए, त्यहाँ उनी फ्याक्ट्रीमा कारपेन्टर थिए । मारिजा भने आफ्नी आमा विरामी भएपछि १८ महिनामै सर्भिया फर्कनु परेको थियो । आमाको मृतयुपछि मारिजा फेरि कहिल्यै अस्ट्रेलिया गइनन् । उनी भन्छिन्–छिमेकीहरुले मेरो देखभाल गरिरहेका छन्। बाल्नका लागि दाउरा उनीहरुले नै दिन्छन् । त्यसैले यो पैसा मैले तिनैलाई दिएँ जसलाई यसको आवश्यकता छ । – एजेन्सी