खानीमा फसेका कामदारको ३६ दिनपछि जीवितै उद्दार

२०७२ माघ १६ गते, शनिबार

काठमाडौं, १६ माघ । चीनको एक खानीमा फसेका चार जना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार गरिएको छ । चीनको पूर्वी सानडोङ प्रान्तमा रहेको जिप्सम खानीको सुरुङमा ३६ दिनदेखि फसेका चार जना खानी कामदारको उद्दार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
गत डिसेम्बर २५ मा खानी भत्कँदा २९ जना कामदार जमिनमुनि सुरुङमा काम गरिरहेका थिए । त्यसमध्ये अहिलेसम्म १५ जनाको उद्दार गरिएको छ । एक जनाको मृत्यु भएको तथा अरु १३ जना अझै बेपत्ता छन् । ती चारै जना कामदार जमीनको सतहभन्दा दुई सय मिटर तल फसेका थिए । चार सयभन्दा धेरै उद्दारकर्मी अहिले पनि हराइरहेकाको खोजीमा जुटेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]