सिरियामा श्रृङ्खलाबद्ध विस्फोट, ५० जनाको मृत्यु
काठमाडौ, १८ माघ । सिरियामा भएका शृङ्लाबद्ध विस्फोटमा मर्नेको संख्या ५० पुगेको छ । हिजो राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा रहेको सिया समुदायको मुख्य आस्थाको केन्द्र साइदा जेइनाव नजिक भएका विस्फोटहरुमा उनीहरुको मृत्यु भएको हो । विस्फोटमा एक सय १० जना घाइते भएका छन् । घटनाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।
सरकारी सञ्चारमाध्यमहरुले सबैभन्दा पहिले कार बम विस्फोट भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार साइदा जेइनाव नजिक कम्तिमा ३ पटक विस्फोट भएको थियो । – एजेन्सी