स्पेनमा पनि जिका भाइरसको संक्रमण
काठमाडौं, २२ माघ । अफ्रिकी मुलुक हुँदै विभिन्न अमेरिकी देशमा फैलिएको जिका भाइरस युरोपमा पनि पहिलो पटक फेला परेको छ । युरोपेली मुलुक स्पेनकी एक गर्भवती महिलामा जिका भाइरसको संक्रमण भेटिएको पुष्टि भएको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले केही दिनअघि कोलम्बियाबाट फर्किएकी गर्भवती महिलामा जिका भाइरसको संक्रमण फेला परेको जानकारी दिएको हो । अधिकारीहरुले संक्रमित महिलाको नाम भने सार्वजनिक गरेका छैनन् ।- एजेन्सी