पुरै परिवार सिध्याएर आत्महत्या
काठमाडौं, १६ फागुन । भारतको मुम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् । भारतीय समाचार संस्था पिटीआईका अनुसार मुम्बई ठाणेका ती ब्यक्तिले शनिबार राति परिवारका सदस्यको हत्या गरेका हुन् । हत्या गरिएकामा ७ बालबालिका, ६ महिला र १ पुरुष छन् । हत्या पूर्व उनले शनिबार नै एक पार्टी आयोजना गरी परिवारका अरु सदस्यलाई पनि बोलाएका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । – एजेन्सी