सिरियाली सरकारलाई युद्धका लागि रुसको सहयोग

२०७२ फाल्गुन १९ गते, बुधबार

काठमाडौं, १९ फागुन | युरोपमा नेटोका सबैभन्दा वरिष्ठ कमान्डरले रुसले सिरियाली सरकारलाई युद्धका लागि सहयोग गरिरहेको आरोप लगाएका छन् । जनरल फिलिप ब्रिडलवले वासिंटनमा भएको सिनेटको एक कमिटीसमक्ष युद्धका लागि जानिजानि रुसले सहयोग गरिरहेको आरोप लगाएका हुन् ।
उनले सिरिया सरकार र रुसले सर्वसाधारण विरुद्ध अन्धाधुन्ध हतियार प्रयोग गरिरहेको बताए । अन्धाधुन्ध हतियार प्रयोगका कारण कयौं सर्वसाधारण भागिरहेको उनको भनाइ थियो ।
रुसले भने पश्चिमी देशले लगाएको आरोपको अस्वीकार गरेको छ । उसले सिरियामा आफूले गरेको करबाही चरमपन्थी संगठन आइएसको विरुद्धमा भएको जिकीर गरेको छ ।
जनरल ब्रिडलवले अमेरिकाका लागि समेत रुस खतरा भइरहेको बताएका छन् । उनी युरोपमा अमेरिकी सैनिक राख्न र आर्थिक मद्दतमा सहयोग जुटाउन वासिंटनमा पुगेका हुन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]