आइसल्याण्डका प्रधानमन्त्रीद्धारा राजीनामा

२०७२ चैत्र २४ गते, बुधबार

काठमाडौं, २४ चैत । पनामा पेपर्स लिकमा आफ्नो नाम समेत मुछिएपछि आइसल्याण्डका प्रधानमन्त्री सिग्मण्डर डेविड गुन्लग्सनले राजीनामा दिएका छन् ।
पनामाको एउटा अति गोप्य कानुनी कम्पनी ‘मोस्याक फोन्सेका’ ले विश्वकै अहिलेसम्मको सबैभन्दा ठूलो मिडिया अनुसन्धानपछि कर छलीमा मुछिएका व्यक्तिहरुको नामसहितको १ करोड १० लाख दस्तावेज सार्वजनिक भएपछि विश्वमै नयाँ तरङ्ग ल्याएको छ ।
यसैक्रममा ती दस्तावेजमा आईसल्याण्डका प्रधानमन्त्री गन्लग्सन पनि कर छलीमा संलग्न रहेको विवरण उल्लेख छ । दस्तावेजमा उनी र उनकी पत्नीले ब्रिटिश द्वीपमा एउटा कम्पनी खडा गरेर लाखौं पाउण्ड लुकाएको दाबी गरिएको छ । दस्तावेज सार्वजनिक भएपछि आइसल्याण्डमा प्रधानमन्त्रीको विरोधमा प्रदर्शन समेत भएको थियो । तर प्रधानमन्त्री सिग्मण्डर डेविडले आफूबाट कुनै त्यस्तो गलत काम नभएको दाबी गर्दै आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]