अमेरिकी वायुसेना क्याम्पमा गोलि चल्यो

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौं, २७ चैत । अमेरिकाको टेक्सासमा वायुसेनाको एउटा क्याम्पमा भएको गोली चल्दा दुईजनाको मृत्यु भएको छ । मृतक दुबैजना वायुसेनाका सदस्य रहेको बताइएको छ । प्रहरी प्रवक्ताका अनुसार गोलीबारीको घटना सेन एन्टोनियो लेकल्याण्डमा स्थानीय समयअनुसार बिहान नौ बजे भएको हो । वायुसेनाको सो क्याम्पमा अमेरिकी सेनाको आधारभूत तालिम संचालन हुने गर्दछ ।
अधिकारीहरुका अनुसार यो हत्या र आत्महत्याको घटना हो । वायुसेनाका एक सदस्यले सहकर्मीको हत्या गरेपछि आत्महत्या गरेका हुन् । वायुसेनाले घटनामा आतंकवादको संलग्नता नरहेको प्रष्ट पारे पनि घटनाको विस्तृत जानकारी सार्वजनिक गरेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]