कोरियाद्धारा मिसाइल इन्जिनको सफल परीक्षण

२०७२ चैत्र २७ गते, शनिबार

काठमाडौं, २७ चैत्र । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल इन्जिनको सफल परीक्षण गरेको छ । विश्वका शक्तिशालीको देशको दवावलाई वेवास्था गर्दै उत्तर कोरियाले मिसाइल इन्जिनको सफल परीक्षण गरेको हो । अन्तरमहादेशमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलका लागि बनाइएको इन्जिनको सफल परीक्षण गरिएको उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाको पश्चिमी तटमा रहेको लामो दूरीमा मार हान्ने परमाणु केन्द्रबाट मिसाइल इन्जिनको परीक्षण गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]