राष्ट्रपति च्यो लाओस भ्रमणमा
काठमाडौं, २४ वैशाख । । म्यानमारका राष्ट्रपति उ तिन च्यो पहिलो विदेशभ्रमणका रुपमा लाओस गएका छन । राष्ट्रपति च्यो शुक्रबार बिहान लाओसतर्फ लाग्नुभएको समाचारमा जनाइएको छ । च्यो लाओसको एक दिने सद्भावना भ्रमणका क्रममा शुक्रबार त्यसफर्त गएको म्यानमारबाट प्राप्त समाचारमा जनाइएको छ । उनि गत अप्रिल १ मा म्यानमारको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । त्यसपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
लाओसका राष्ट्रपति बौनहाङ् बोराचिनको आमन्त्रणमा उनि त्यसतर्फगएका हुन् ।
राष्ट्रपति च्योको भ्रमण दलमा म्यानमारका राष्ट्रिय सल्लाहकार तथा विदेशमन्त्री आङ सान सुकी पनि रहेको बताइएको छ । म्यानमार र लाओसका बीचमा गत वर्षको मे महिनामा निर्माण भएको मेकोङ नदीको पुलपछि यी दुई देशको सम्बन्ध थप सुदृढ भएको बताइन्छ ।
गत वर्ष यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसर पारेर दुवै देशका राष्ट्रपतिले संयुक्त रुपमा गतवर्षको मे महिनामा सो पुलको उद्घाटन गरेका थिए ।