आज विश्व रेडक्रस दिवस

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौ, २६ बैशाख । आज विश्व रेडक्रस दिवस, ‘रेडक्रस : सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
नेपाल रेडक्रस सोसाइटीले चेतनामूलक -याली, विभिन्न प्रतियोगिता तथा भूकम्प प्रतिकार्यका सन्दर्भमा विभिन्न सहयोगी महानुभावलाई सम्मान तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर विश्वभर विभिन्न सेवामूलक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाउने गरिएको छ । रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा विगत १५३ वर्षदेखि सेवामा पु-याउँदै आएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसले मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रूपमा काम गरिरहेको र त्यसमा सँधै साथ रहने बताए ।

प्रतिक्रियाहरु

[anycomment]