इराकमा मानवीय आपत : राष्ट्रसंघ

२०७३ असार ६ गते, सोमबार

काठमाडौँ, ६ असार । इराकी सेनाले त्यहाँको फलूजा शहरमा कब्जा गरेपछि ठूलो संख्यामा मानिसहरु आफ्नो थातथलोबाट पलायन भइरहेका छन् । जसका कारण ठूलो मानवीय आपत सृजना भएको चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । इराकी सेनाको चार हप्ता लामो सैन्य कार्वाहीपछि फलूजालाई आईएसको नियन्त्रणबाट मुक्त गरिएको थियो । यस संघर्षका क्रममा ज्यान बचाउन ८० हजारभन्दा बढी मानिस भागेर अन्यत्र गएको राष्ट्रसंघको अनुमान छ ।
अरु २५ हजार सर्वसाधारण पनि उक्त स्थानबाट भाग्ने तयारीमा छन् । शरणार्थीको अत्यधिक चापका कारण शिविरसम्म पीडितका लागि रसद पानी पु¥याउन कठिनाई भइरहेको उद्दारमा संलग्न सहायताकर्मीहरुले जनाएका छन् । नर्वे शरणार्थी परिषदले ठूलो संख्यामा सर्वसाधारण ओइरिएकाले काम गर्न कठिन भएको जनाएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]