काबुलमा आत्मघाती हमला, नेपाली पनि हताहत भएको आशंका
काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमला भएको छ । एउटा मिनी बसलाई लक्षित गरेर हमला भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटमा के–कति मानवीय क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन ।
बीबीसीका अनुसार सो बसमा नेपाली गार्ड यात्रा गरिरहेका थिए । न्यूयोर्क टाइम्सले जनाएअनुसार नेपाली सुरक्षा गार्ड सवार मिनी बसमा आत्मघाती हमला भएको हो । एसोसिएट प्रेसलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार विस्फोटमा १४ नेपाली सुरक्षाकर्मीको मृत्यु भएको छ । हमलामा चार अफगान सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।
घटनालगत्तै दर्जनौं एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । सो हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । रोयटर्स समाचार एजेन्सीका अनुसार केही अफगान र नेपाली सुरक्षा गार्ड हताहत भएका छन् । – एजेन्सी