यस्तो ताल, जहाँको पानी सधै उम्लिरहेको हुन्छ

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । न्यूजिल्याण्डको वेमांगु ताल तातोपानी भएको विश्वकै सबैभन्दा ठूलो ताल हो । यो तालको पानी ५०–६० डिग्री सेन्टिग्रेडसम्म तातो हुन्छ । तालमा पानी हमेसा उम्लिरहेको हुन्छ । हमेसा यो तालबाट बाफ उठिरहेको देख्न सकिन्छ । तातो पानीकै कारण तालमा खसेको खण्डमा मानिसको मृत्यु हुन सक्छ । तालको सतहमा कार्बन डाइअक्साइड र हाइड्रोजन सल्फाइड ग्यास उम्लिएर निस्कने गर्दछ । भनिन्छ, यो ताल सन् १८८६ मा ज्वालामुखी विस्फोटबाट बनेको हो । ३८ हजार वर्गमिटर क्षेत्रफलमा रहेको यो ताल ६ मिटर गहिरो छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]