विश्वमा कति छन , आस्तिक र नास्तिक ?

२०७३ असार १३ गते, सोमबार

काठमाडौँ, १३ असार । एकातिर संसारको दुई तिहाई आवादी कुनै न कुनै इश्वरमा विश्वास गर्दछ भने यही बाँकी रहेकाहरु स्वयमलाई अधार्मिक वा नाकिस्तक मान्दछन् । गैलप इन्टरनेशनलको सर्भेमा संलग्न ६५ देशमध्ये कुन देशमा छन् सबैभन्दा बढी नास्तिक ?
चीनमा ९० प्रतिशत
चिनियाँ मान्यताअनुसार मानिस र भगवानबीच श्रद्धाको कुनै सिद्धान्त छैन । उनीहरुमा आफ्नै महान पूर्वजहरुको शिक्षालाई अनुशरण गर्नेहरु नै तोओइज्म वा कन्फुशियनिज्मको परम्परा छ । गैलपको सर्भेमा करिब ६१ प्रतिशत चिनियाँले कुनै पनि ईश्वरको अस्तित्व स्वीकार गरेनन् । २९ प्रतिशतले भने आफूलाई नास्तिक बताए ।
स्वीडेनमा ७६ प्रतिशत
स्वीडेनमा वर्षौदेखि सेकुलरिज्म तिब्रताका साथ बढिरहेको छ। स्वीडेन सरकारको तथ्याङ्कअनुसार मात्र ८ प्रतिशत स्वीडिस नागरिक कुनै धार्मिक संस्थासँग नियमित सम्पर्कमा रहन्छन् । त्यसैले ३१ अक्टोबर २०१६ लाई प्रोटेस्टेन्ट रिफर्मेशनको ५००औं वर्षगाँठ मनाउनका लागि पोप फ्रान्सिसले स्वीडेन चुनेका हुन सक्छन् ।
चेक गणराज्यमा ७५ प्रतिशत
करिब ३० प्रतिशत चेक नागरिक आफूलाई नास्तिम मान्दछन् । यही चेकका सबैभन्दा बढी मानिसले आफ्नो धार्मिक मान्यताका बारेमा कुनै पनि उत्तर दिन अस्वीकार गरे । कुल आवादीको केवल १२ प्रतिशत मात्रै क्याथोलिक वा प्रोटेस्टेन्ट चर्चसँग जोडिएका छन् ।
बेलायतमा ६६ प्रतिशत
करिब ५३ प्रतिशत ब्रिटिश नागरिकलाई आफूलाई धार्मिक बताए । करिब १३ प्रतिशत यस्ता थिए जो आफूलाई नास्तिक मान्दथे । पश्चिमी युरोपमा युकेपछि नेदरल्याण्ड्स नास्तिकतामा सबैभन्दा अगाडि छ । अप्रिल २०१५ मा यो नतिजामा पुग्नका लागि गैलपले ६५ देशमा कुल ६४ हजार जनासँग इन्टरभ्यू लिएको थियो ।
हङकङमा ६२ प्रतिशत नास्तिक
पूर्व ब्रिटिश कोलनी भए पनि अहिले चीनले फिर्ता लिएको हङकङका अधिकांश नागरिकमा चिनियाँ असर देखिन्छ । बाँकी कतिपय इसाई, प्रोटेस्टेन्ट वा बौद्ध धर्म मान्नेहरु छन् । गैलपको सर्बेमा करिब ४३ प्रतिशत हङकङबासीले आफूहरुले कुनै न कुनै ईश्वर मान्ने गरेको बताए ।
जापानमा ६२ प्रतिशत
चीनमा जस्तै जापानी नागरिकहरु पनि कुनै न कुनै ईश्वरको सट्टा स्थानीय शिन्तो धर्मको अनुसरण गर्दछन् । शिन्तोइज्म मान्नेहरु ईश्वरजस्तो कुनै दिव्य सिद्धान्तमा विश्वास गर्दैनन् । गैलपको तथ्याङ्कमा करिब ३१ प्रतिशत जापानी नागरिकले आफूलाई नास्तिक बताएका छन् ।
जर्मनीमा ५९ प्रतिशत
मुख्य रुपमा इसाई धर्मा मान्ने जर्मन समाजमा इस्लामसमेत कयौ धर्म प्रचलित छ । तर ५९ प्रतिशत कुनै पनि ईश्वर मान्दैनन् । अस्ट्रियामा पनि कुनै ईश्वर नमान्नेहरुको संख्या ठुलो छ । पश्चिमी धर्मनिरपेक्षताको गढ मानिने फ्रान्सको आधा आवादीले स्वमयलाई नास्तिक बताए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]