कार बम विस्फोटमा ३५ जना मारिए

२०७३ असार १४ गते, मंगलवार

काठमाडौं, १४ असार । यमनमा इस्लामिक अतिवादी संगठन आर्ईएसले गराएको कार बम बिस्फोटमा परी ३५ जना मारिएका छन् । घटनामा २४ जना घाइते भएका छन् । यमनको दक्षिण पूर्वी क्षेत्र मुकालामा सैनिकहरु रमदानको ब्रत समाप्तिको तयारीमा रहेकै बेला गराइएको बिस्फोटका कारण थुप्रै सवारी साधनमा पनि क्षति पुगेको छ । यमनमा आइएसको आक्रमणमा परी अहिलेसम्म ६ हजार ४ सय मानिस मारिएका छन् जसमा आधा जति सर्वसाधारण छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]