टर्कीको विमानस्थलमा भिषण आक्रमण

२०७३ असार १५ गते, बुधबार

काठमाडौं, १५ असार । टर्कीको राजधानी इस्तानबुलस्थित मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण भएको छ । बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट ३६ जनाको मृत्यु भएको छ । विमानस्थलमा ३ जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
घटनामा ९० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् ।
प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैंलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको अधिकारीहरुले दाबी गरेका छन् ।
आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान र अवतरण रद्द गरिएको छ । सरकारी अधिकारीहरुले विमानस्थल वरपर नजान सर्वसाधारणलाई अपिल गरेका छन् । विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट (आइएस) को संलग्नता हुन सक्ने बताइएको छ ।
आक्रमणपछि विमानस्थलमा विमानको आवत जावत बन्द गरिएको छ। त्यहाँ रहेका नागरिकहरुलाई विमानस्थलबाट टाढै रहन भनिएको छ। घाइतेलाई ट्याक्सी र एम्बुलेन्समा अस्पताल पुराइएको छ।
सरकार र कुर्द चरमपन्थीबीच गत वर्ष युद्धविराम अन्त्य भएपछि टर्कीमा पछिल्लो महिला लगातार आक्रमण भइरहेको छ। यसका लागि कुर्द विखण्डनवादी वा इस्लामिक स्टेटलाई जिम्मेवार मानिदै आएको छ।
अमेरिकी विदेश विभागले हालै आफ्ना नागरिकहरुलाई टर्की नजान चेतावनी जारी गरेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]