दुई रेल आपसमा ठोक्किए, तीन जनाको अवस्था अज्ञात

२०७३ असार १५ गते, बुधबार

काठमाडौँ, १५ असार । अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोक्किएर भीषण आगलागी भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ः४० मा सो दुर्घटना भएको हो । अमरिल्लोबाट २५ माइल उत्तरपूर्वमा भएको सो दुर्घटनामा तीन जनाको अवस्था अज्ञात रहेको अधिकारीहरुले जनाएका छन् । ती तीनैजना चालक दलका सदस्य रहेको बताइएको छ । चालक दलकै अर्का एक सदस्य भने हामफालेका थिए । उनी घाइते भए पनि खतरामुक्त रहेको संचारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा परेका दुवै रेल मालवाहक रहेकाले ठूलो मानवीय क्षति नभएको अधिकारीहरुको भनाइ छ । दुर्घटनालगत्तै रेलमा आगो लागेको थियो । दुबै रेल कसरी एउटै मार्गबाट एकै समयमा आए भन्नेबारे छानविन थालिएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना हुँदा रेल कति स्पिडमा थियो भन्ने प्रष्ट भइसकेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]