काबुलमा आतंकवादीको आक्रमणवाट दर्जनौको मृत्यु

२०७३ असार १६ गते, बिहीबार

काठमाडौं, १६ असार । अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी आक्रमणमा ४० भन्दा बढी मारिएका छन् । आज काबुलमा भएको आक्रामणमा ठुलो संख्यामा प्रहरी मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । घटनाको जिम्मेवारी तालिवानले लिएको छ।
प्रहरी जवान लिएर जाँदै गरेको पाँच बसमा तालिवानले वरदाक प्राप्तमा आक्रमण गरेका हुन् । बस नजिकै एक जना आत्मघाती आक्रमणकारी पुगेर विष्फोट गराएको बताइएको छ। घटनामा ठुलो संख्यामा प्रहरी जवान घाइते भएको बताइएको छ। मृत्यु हुनेमा प्रहरी एकेडेमीका प्रशिक्षार्थी रहेको बताइएको छ। मृतकहरुको सनाखत भने हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]